भ्रष्टाचार अहिलेको महाशत्रु भएकोले विजयी प्राप्त गर्नु आजको आवश्यकता

53

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले भ्रष्टाचार हाम्रो महाशत्रु भएको बताएका छन् । आज (शुक्रबार) सामाजिक सञ्जालमा निर्ममतापूर्वक निर्णय गर्नुपर्ने कारणहरु उल्लेख गर्दै उनले भ्रष्टाचार अहिलेको महाशत्रु भएको र त्यसमाथि विजयी प्राप्त गर्नु आजको आवश्यकता भएको बताएका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्,

‘निर्ममता पूर्वक निर्णय गर्नु पर्ने ४ कारणः
१.साम्माननीय प्रधानमन्त्री ज्यू ले दिएको निर्देशन,
२.भ्रष्टाचारको अन्त र सुशासन कायम गर्ने नेपाल सरकारको नीति,
३. देश र जनताको निम्ति हामीले खाएको सफत र
४. हामीलाई परिणाम नल्याउने छुट नभएको ।
अन्तमा भ्रष्टाचार हाम्रो महाशत्रु हो । भ्रष्टाचारमाथि विजय आजको आवश्यकता हो ।’ 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here