कक्षा १२ को नतिजा सार्वजनिक

18

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक भएको छ। नतिजा अनुसार ५२ दशमलव ९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।

शुक्रबार बिहान बसेको राष्ट्रिय परीक्षा बोर्ड बैठकले कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो।

नियमिततर्फ तीन लाख ९० हजार आठ सय ६८ मा दुई लाख तीन हजार आठ सय ४७ विद्यार्थी पास भएका बोर्डले जनाएको छ।

नतिजा अनुसार सबै विषयमा अनुपस्थित परीक्षार्थी संख्या पाँच हजार छ सय ३२ छ भने एक सय दुई जना विद्यार्थीको परीक्षा रद्द गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here