सुलक्षण कीर्ति क्याम्पसमा “दिगो विकास” विषयको स्नातकोत्तर तहमा नयाँ भर्ना खुल्याे

191

काठमाडाैं । शैक्षिक सत्र २०७९/८० का लागि नयाँ भर्ना सुलक्षण कीर्ति क्याम्पसमा “दिगो विकास” विषयको स्नातकोत्तर तहमा नयाँ भर्ना खुलेकाे छ ।

लुम्बिनी बौद्ध विश्वविद्यालय र सुलक्षण कीर्ति विहारबीचको शैक्षिक सहकार्यमा स्थापित सुलक्षण कीर्ति क्याम्पसमार्फत् अध्ययन-अध्यापन-अनुसन्धान हुने बौद्ध अध्ययन तथा दिगो विकास विषयको स्नातकोत्तर तहमा भर्ना आह्वान गरिएको  हाे । जुनसुकै विषयबाट स्नातक तह उत्तीर्ण गरिसकेका विद्यार्थीहरुले भर्नाका लागि आवेदन दिन सक्नेछन् ।

विद्यार्थीहरुको सुविधालाई मध्यनजर राख्दै सुलक्षण कीर्ति क्याम्पसका शैक्षिक केन्द्रहरु सुलक्षण कीर्ति क्याम्पस केन्द्रीय कार्यालय, सुलक्षण कीर्ति विहार परिसर, चोभारगेट, कीर्तिपुर र सुलक्षण कीर्ति क्याम्पस शैक्षिक कार्यक्रम विस्तार कार्यालय, के एन्ड के इन्टरनेसनल कलेज परिसर, नयाँबानेश्वरमा आवेदन फारम बुझाउन सकिनेछ र सुलक्षण कीर्ति क्याम्पसका दुवै शैक्षिक केन्द्रहरुमार्फत् अध्ययन-अध्यापनको व्यवस्था मिलाइएको छ ।

थप विस्तृत जानकारी यस्ताे रहेकाे छ

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here