आज नेपालले भारतसँगको पहिलो मैत्रीपूर्ण खेल खेल्दै

72

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज (बुधबार) भारतसँगको पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ ।

भारतको चेन्नईस्थित जवाहरलाल नेहरू स्टेडियममा नेपालले आज घरेलु टोली भारतसँग पहिलो मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

यो खेल नेपाली समयानुसार साँझ ७ः४५ बाट शुरु हुनेछ । नेपाली टोली पहिलो मैत्रीपूर्ण खेलमा घरेलु टोली भारतलाई पराजित गर्दै दोश्रो खेलका लागि बलियो मानसिकता तयार पार्ने योजनाका साथ मैदानमा उत्रिने तयारीमा छन् ।

मुख्य प्रशिक्षक अनन्त थापा रहेको नेपाली टोली एञ्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा भारनतबिरुद्ध मैदानमा उत्रिने छन् ।

एञ्जिलाले दोश्रो पटक नेपाली टोलीको कप्तानी भूमिका सम्हाल्न लागेकी हुन् । यसअघि उनले नेपालमा भएको महिला साफ च्याम्पियनसिपमा पहिलो पटक नेपाली टोलीको कप्तानको जिम्मेवारी सम्हालेकी थिइन् ।

गत भदौमा भएको महिला साफमा नेपालले भारतलाई १(० ले हराएको थियो । मैत्रीपूर्ण खेलमा पनि नेपाली टोली भारतलाई हराउने चाहनमा छन् ।

यताभारत पनि नेपाललाई हराउने योजनामा हुनेछ । ओलम्पिक छनौटको तयारी स्वरूप भारतले नेपाललाई दुई मैत्रीपूर्ण खेलका लागि बोलाएको हो । नेपालले भारतसँगको दोश्रो मैत्रीपूर्ण खेल शनिबार खेल्ने छ ।
नेपाली टोली स्

गोलकिपरः एञ्जिला तुम्बापो सुब्बा (कप्तान), अञ्जना राना मगर, उषा नाथ

डिफेन्डरः हिरा कुमारी भुजेल, घिमकुमारी गुरुङ, अमृता जैशी, गीता राना, निशा थोकर, विमला विक, समीक्षा घिमिरे

मिडफिल्डरः विमला चौधरी, सविता राना मगर, सरु लिम्बु, दीपा शाही, रेणुका नगरकोटी, अनिता बस्नेत, प्रिती राई, अनिता केसी

फरवार्डः अमिषा कार्की, रेखा पौडेल, सावित्रा भण्डारी, रश्मी कुमारी घिसिङ, निर्मला विक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here