देशभरको मौसम सामान्यतया सफा

167

काठमाडाैं । हाल देशभरको मौसम सामान्यतया सफा रहेको छ । देशका केही ठाउँमा बादल लागेको छ । प्रदेश एक, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा गएरातीदेखि बादल लागेको छ ।

तर हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेकाले पानी पर्ने सम्भावना पनि नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल प्रदेश नं. १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहने र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

राति सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत प्रदेश १ को पहाडी भू-भागमा आंशिक बदली रहे पनि बाँकी भू-भागमा मौसम सफा रहने छ । केही उच्च पहाडी र हिमाली क्षेत्रमा सामान्य हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here