नक्कली लाइसेन्स बनाएको आरोपमा तीन पक्राउ 

39

काठमाडौं । प्रहरीले नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाएको आरोपमा ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोखरा महानगर-१ कास्की घर भई हाल नखीपोट बस्‍ने ३४ वर्षीया कञ्चन गुरूङ, लिखु गाउँपालिका-४ नुवाकवट घर भई हाल टोखा बस्‍ने ३८ वर्षीय अनिल राई र लिखु गाउँपालिका-४, नुवाकोट घर भई हाल तारकेश्वर बस्‍दै आएका ३६ वर्षीय राजन तामाङ रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गुरूङलाई रामशाहपथ, राईलाई सामाखुसी र तामाङलाई बालाजु पेयाँटारबाट पक्राउ गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here