साझा बस मोबाइलबाट यसरी पत्ता लगाउने तरिका !

81

काठमाडौं । साझा यातायात नेपालले आफ्नो मोबाइल एपलाई अपग्रेड गर्दै नयाँ फिचर ल्याएकाे छ । कम्पनीले स्ल्यास प्लस प्रालिसँग सहकार्य गरी ‘साझा प्लस’ नाम दिएर आफ्नो मोबाइल एपलाई थप फिचरसहित अपग्रेड गरेको हो । हाललाई यो एप एन्ड्रोइड डिभाइसका लागि मात्र उपलब्ध छ । ‘साझा प्लस’ प्रयोग गरेर यात्रुले आफ्नो साझा बसको यात्रालाई सहज बनाउनसक्ने कम्पनीको भनाइ छ । एप प्रयोग गरेर यात्रुले आफू जानुपर्ने रुटको विषयमा रियल टाइम डेटा थाहा पाउन सक्नेछन् । उक्त रुटमा बस कुन स्टेसनमा पुग्यो, आफ्नो स्टेसनमा कतिबेला आइपुग्छ, कुन स्टेसनदेखि आफ्नो गन्तव्यको दूरी कति लगायतका जानकारी प्राप्त गर्न सक्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here