कथाकार शोभा ज्ञवालीको दोस्रो पुस्तक ‘सङ्घर्ष’ विमोचन

52

काठमाडौं । कथाकार शोभा ज्ञवालीको दोस्रो पुस्तक ‘सङ्घर्ष’ विमोचन गरिएको छ।

मंगलबार पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई, समाजसेवी डा.माला खरेल, अनुराधा कोइराला, समालोचक डा.ज्ञानु पाण्डे, साहित्यकार डा. नवराज लम्साल र कथाकार ज्ञवालीले संयुक्त रूपमा पुस्तकको विमाेचन गरेका हुन्। धेरै पढिएको पूर्व रथी कृष्णनारायणको खुलासा : थाइ विमान दुर्घटनामा सघाउन…. अभिनेत्री पन्तले ‘पिर्का’ शीर्षकमा कविता लेखेपछि रविका फ्यान रिसाए यात्रा : मणिचूड डा. भट्टराईले कथा सरल र जनभाषामा लेखिएको टिप्पणी गर्दै भने, ‘कथा आख्यान हो। जस्ताको तेस्तै लेखिँदैन।

यसलाई कलात्मक बनाइन्छ।’ साहित्यकार डा. लम्सालले समाजमा देखिएका मसिना र सामान्य कथाहरूलाई टिपेर कथा बुनिएको बताए। कथाको पात्रहरू मार्फत महिलाहरूलाई ‘सङ्घर्ष गर्न सिक’ भन्ने सन्देश दिएको उनको भनाइ छ। समालोचक डा. पाण्डेले पुस्तकमा नारीका पीडा, उत्पीडनका विषयलाई शसक्त ढंगले उठाइएको बताइन्। पुस्तक ‘सङ्घर्ष’मा २६ वटा कथाहरू समेटिएका छन्। पुस्तकको सम्पादन रघुनाथ लामिछानेले गरेका हुन्। पुस्तक नेपाल रिपब्लिक मिडियाले प्रकाशन गरेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here