भरत सिंह पेला अग्रसरतामा श्री ज.रा.मा.वि.काे शैक्षिक विकास लागि रु ५१,१०५ काेष खडा हुने

102

धनगढी । श्री जनता राष्ट्रिय माध्यामिक विद्यालयले ६१ औ वार्षिकोत्सव तथा तथा अभिभावक दिवसको उपलक्ष्यमा रु ५,११०५ रूपैया कोष खडा हुने भएको छ ।

अमेरिकी सेनामा कार्यरत भरत सिंह पेलाले श्री जनता राष्ट्रिय माध्यामिक विद्यालयको शैक्षिक विकासका लागि रु ५,११०५ अक्षयरेपी ५१, हजार १ सय पाँच रूपैया  घोषणा गरेका हुन् ।

समाजसेवी, शिक्षाप्रेमी समेत रहेका पेलाले ग्रामिण भेकको शैक्षिक विकास विना राष्ट्रको समुन्नत विकास नहुने भएकाले आफूले सक्दो आफ्नो जन्मभूमिप्रति आगाढ माया रहेकोले आफूले सक्दो निन्तर रुपमा सहयोग गदै  जाने जनाए ।  साथै उनले विदेशमा रहेका सम्पूर्णले नेपालीले सम्मुन्त चाहने हो भने सबैले समाजसेवामा अग्रसर हुनुपर्नेमा जनाए ।

विद्यालयको ६१ औ वार्षिकोत्सवमा प्रमुख अतिथिको कैलाली क्षेत्र न ५ का प्रतिनिधि सभा सदस्य माननीय सांसद दिल्ली राज पन्त, विशेष अतिथी धनगढी उपमहानगरपालिकाका पुर्व प्रमुख मेयर दाजु नृप बहादुर वड, विशेष अतिथी धनगढी उपमहानगर पालिका वडा न १३ का आदरणीय वडा अध्यक्ष बिजयराज जोशी, समाजसेवी, बुद्धिजीवी, राजनितिज्ञ तथा गाउँका मान्य ब्यक्तित्व हरिश खड्का, समाजसेवी, बुद्धिजीवी प्रेमबहादुर ठकुल्ला, वडा सदस्य हिरालाल राणा, निशा आउजि, धनबहादुर राना, खडक राणा, खेम भट्ट, टेक बहादुर धामी,नवराज ओझा,अमृत बिसि, विद्यालय ब्यवस्थापन, अध्यक्ष बिनोद पन्त, सदस्य नेपाली राना, जनता राष्ट्रियमा।बि राजपुरका प्रधानाध्यापक रामप्रसाद फुलारा, बिधालयका निबर्तमान प्रधानाध्यापक आदरणीय मेरो मार्गदर्शक निकै प्रिय व्यक्तित्व जयदेब पाण्डेय, लोकराज पाण्डेय, भोज राज भट्ट, पुर्व प्र।अ। हेमराज भट्ट लगायत कार्यक्रममा साे विद्यालय प्रधानाध्यापक  कृष्ण सिङ्ह पेलाको उपस्थित रहेको थियो ।

विद्यालय व्यवस्थापन समितिका विनोद पन्तको सभापतित्वमा भएको कार्यक्रममा  अक्षयकोषका लागि थप  सहयोग धनगढी ५ तारानगर निवासी विद्यालयका पुर्व बिद्यार्थी हाल नेपाल राष्ट्र  बैंक धनगढीमा कार्यरत टेक बहादुर साउदले १११११ को अक्षयकोष खडाका लागि सहयो गर्ने भएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here