मिसाइलको यो परीक्षण अर्को महिना हुने अमेरिका र दक्षिण कोरियाको संयुक्त युद्धाभ्यासभन्दा अघि गरिएको हो ।
उत्तर कोरियाले शुक्रवार आयोजित एक परेडमा आफ्नो विशाल सैन्य शक्तिको प्रदर्शन गरेको थियो । यसमा एक दर्जनभन्दा अघि आइसीबीएम समावेश थिए ।
उत्तर कोरियाका अधिकारीले उत्तर कोरियामाथि हमला गर्ने तयारीका लागि गरिने कुनै पनि प्रयासको अप्रत्याशित रूपमा बलियो जवाफ दिने बताएका छन् ।
यस्तै देशका शासक किम जोङ–उनकी बहिनी किम यो–जोङले आइतबार कुनै पनि शत्रुतापूर्ण कारवाहीको ‘बलियो र कडा’ जवाफ दिइने बताएकी छिन् ।
उनले अमेरिकालाई उत्तर कोरियाको सरकारविरुद्धको ‘धम्की’ अन्त्य गर्न पनि आग्रह गरेकी छिन् । यद्यपि उनले उत्तर कोरियाको मिसाइलले दक्षिण कोरियाको राजधानी सियोललाई निशाना बनाउने दाबी गरिन् ।
जापानले के भन्यो ?
जापानी प्रधानमन्त्री फुमियो किशिदाले यो क्षेप्यास्त्र स्थानीय समय अनुसार साँझ ६.२७ बजे होक्काइडोको पश्चिममा जापानको विशेष आर्थिक क्षेत्र (इइजेड) मा खसेको बताएका छन् । जापान सरकारका प्रवक्ता हिरोकाजु मात्सुनोले राजधानी टोकियोमा यो ५,७०० किलोमिटरको उचाइमा पुगेको बताए ।
















