‘छुकछुक छुकछुक’ बोलको नयाँ गीत सार्वजनिक

75

काठमाडौं ।  जागृत रायमाझीको शब्द संगीतमा रहेको ‘छुकछुक छुकछुक’ बोलको नयाँ गीत सार्वजनिक भएको छ। फागुन ६ गते शनिबार ओएसआर युट्युब च्यानलमार्फत् गीत सार्वजनिक भएको हो।

रायमाझीको रचना तथा संगीत रहेको सो गीतमा सुरज पण्डितको आवाज रहेको छ।

त्यस्तै संगीत संयोजनमा आभास श्रेष्ठ, मिक्सिङमा फिरोज बज्रचार्य,टुङ्गनामा छेवाङ तेन्जिङ योन्जन,मुर्चुङ्गामा हिरण राई,मादलमा पोषण घर्ती मगर,बाँसुरीमा रत्न विश्वकर्मा र सारङ्गीमा धर्म गन्धर्व रहेका छन्।

मल्लाज प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको उक्त म्युजिक भिडियोको कथा तथा निर्देशन केदार श्रेष्ठले गरेका छन् भने कार्यकारी निर्मातामा भानुभक्त थापा रहेका छन्।

सम्पादन प्रतीक सिंहले सम्पादन गरेको गीतमा स्वयम मास्केले छायांकन गरेका हुन्। म्यूजिक भिडियोमा सुरज पण्डित,सबिना गोपाली,सेबिता अधिकारी,शंकर भण्डारी,शक्ति राई,रेजिना बस्नेत,होम बहादुर आचार्य,अदिति आचार्य लगायत कलाकारले अभिनय गरेका छन्।

गीतमा देशमा भएको बेथितिले गर्दा लाखौँ युवा वैदेशिक रोजगारीका लागि विदेशीन बाध्य भएको कथालाई प्रस्तुत गरिएको छ। वैदेशिक रोजगारीको शिलशिलामा विदेश पलायन भएका युवायुवतीलाई नेपालमा अहिले भइरहेको बेथितिको विरूद्व आवाज उठाउन आह्वान समेत गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here