काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमाल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटघाट भएको छ ।
सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्ड र लामिछानेबीच भेटवार्ता भएको लामिछाने निकट एक नेताले जनाए ।
लामिछानेले गृहमन्त्रीबाट राजीनामा दिएपछि उनी नेतृत्वको पार्टी सरकारबाट बाहिरिसकेको छ । यद्यपि सरकारलाई भने रास्वपाले समर्थन कायमै राखेको छ ।


















