बजारमा सुनको मूल्य २०० रुपैयाँले घट्याे

167

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य २०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार तेजाबी सुनको मूल्य १ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यस अघि सोमबार यसको मूल्य १ लाख २ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । सोमबार चाँदीको मूल्य १२ सय ९० रुपैयाँमा कारोबार भएको थियो । आज सोही मूल्यमा कारोबार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here