राष्ट्रपति पदमा राष्ट्रिय सहमति हुनुपर्छ

52

काठमाडौं। राष्ट्रपति पदका लागि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले अध्यक्ष महन्थ ठाकुरको नाम प्रस्ताव गरेको छ।

मंगलबार दिउँसो प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बालुवाटारमा भएको भेटमा लोसपा अध्यक्ष ठाकुरसहितको टोलीले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने र सो पदमा ठाकुर उपयुक्त व्यक्ति भएको प्रस्ताव गरेको हो।

लोसपा नेता शरदसिंह भण्डारीले भन्नुभयो, “राष्ट्रपति पदमा राष्ट्रिय सहमति हुनुपर्छ भन्ने प्रधानमन्त्रीजीको कुरामा अध्यक्ष महन्थ ठाकुर पनि उपयुक्त पात्र र उपयुक्त व्यक्तित्व हुनुहुन्छ भनेर प्रधानमन्त्रीलाई भनेका छौं।”

अध्यक्ष ठाकुरको नाम प्रस्ताव गरिएको भन्नुहुँदै उहाँले भन्नुभयो, “उहाँको नाममा सहमतिका लागि प्रयासका निमित्त प्रधानमन्त्रीजीलाई आग्रह गरेका छौं।”

निर्वाचन आयोगले राष्ट्रपति उम्मेदवारको मनोनयन मिति फागुन १३ गते तय गरेको छ। सो मिति नजिकिएसँगै दलहरुबीचमा राष्ट्रपतिको उम्मेदवारका विषयमा छलफल तीव्र बनेको छ। सोमबार मात्र एमालेले राष्ट्रपतिमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नाम प्रस्ताव गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here