काठमाडौं । नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूले राष्ट्रपति निर्वाचनमा ‘विदेशीको सल्लाह–सुझाव’ अमान्य भएको जनाएका छ ।
दुई दिन चलेर सोमबार सकिएको अेनरास्ववियूको स्थायी समिति बैठकले यसबारे प्रस्ताव पारित गरेको अध्यक्ष सुदेश पराजुलीले जानकारी दिए ।
बैठकले अध्यक्ष पराजुलीको नेतृत्वमा १ हजार १११ सदस्यीय स्ववियु परिचालन कमिटी समेत गठन गरेको छ । त्यस्तै घोषणा पत्र निर्माण समिति समेत बनाइएको पराजुलीले जनाए ।


















