राजदेवी मन्दिरबाट चाँदीको मूर्ति चोरी

59

जनकपुरधाम । धनुषामा मन्दिरबाट मूर्तिसहित गरगहना चोरी भएको छ। गतराति जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका-१ रमदैयामा रहेको प्रसिद्ध राजदेवी मन्दिरबाट चाँदीको मूर्ति र गहना चोरी भएका छन्।

मन्दिरबाट राजदेवी माताको मूर्ति बाहेक थाल, गहना, मुकुटलगायत चाँदीका सबै समान चोरी भएको हो। शनिबार राति मन्दिरपछाडिबाट पसेका चोरहरूले मूर्तिलगायतका समान चोरेर लगेको पुजारी धीरज यादवले बताए।

चोरहरूले मन्दिरमा जडित सीसीटीभी क्यामेराको तारसमेत काटेको पुजारी यादवले बताए। मन्दिरबाट चोरी गरिरहेको भिडिओ भने क्यामेरामा कैद भएको र पुजारी यादवका अनुसार मूर्तिसहितका सबै सामान करिब साढे तीन किलो चाँदीको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here