काठमाडौं । प्रतिनिधिसभाका केही सदस्यले खाद्य स्वच्छता तथा गुणस्तर ऐन बनाउने तर तत्काल लागू नगर्ने प्रस्ताव गरेका छन् ।
राष्ट्रिय सभाबाट पारित भएर आएको विधेयकउपर संशोधन प्रस्ताव दर्ता गर्दै सांसदहरु मनिष झा, सुमना श्रेष्ठ, विद्या भट्टराई र गगन थापाले ऐन बनाउने तर लागू गर्न समयसीमा राख्ने प्रस्ताव गरेका हुन् ।
रास्वपाकै अर्का सांसद सुमना श्रेष्ठले पूँजीको आधारमा वर्गीकृत गरी ऐन लागू हुने समयलाई फरक-फरक गर्ने प्रस्ताव गरेकी छन् ।
‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक’ तत्कालीन कृषिमन्त्री घनश्याम भूसालले २८ असार २०७७ मा राष्ट्रिय सभामा दर्ता गरेका थिए । राष्ट्रिय सभाले ऐन लागू हुने समयका सन्दर्भमा प्रस्तावित व्यवस्थालाई नै सदर गरेको छ ।
२३ माघ २०७९ मा राष्ट्रिय सभाबाट पारित भएर आएको यो विधेयकमाथि प्रतिनिधिले आफ्नो प्रक्रिया अगाडि बढाएको छ । विधेयकमाथि सांसदहरुले ९१ वटा संशोधन प्रस्ताव गरेका छन् ।


















