जसपाले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलायाे

57

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले फागुन बिहीबार (भोलि) केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ।

उपराष्ट्रपतिको उम्मेदवार, समसामयिक राजनीति लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो। पार्टी कार्यालय बालकुमारी बस्ने बैठक दिउँसो ३ बजे सुरु हुनेछ।

जसपाले भोलि बिहान सांसदहरुलाई बालकुमारीमा उपस्थित हुन निर्देशन दिएको छ। पार्टी कार्यालयमा भेला भएर राष्ट्रपतिको उम्मेदवारलाई मत हाल्न जाने कार्यक्रम छ।

बिहान ९ बजे उपस्थित हुन सबै सांसदहरुलाई सूचित गरिएको छ। जसपाका संघीय सांसद १४ र प्रदेश सांसदहरु २२ गरी ३६ सांसदहरु छन्। प्रतिनिधि सभा समानुपातिक तर्फको एक स्थान रिक्त छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here