टिभी फिल्मी च्यानलको नाम ‘नारी टिभी’

224

काठमाडौं ।  पछिल्लो १४ वर्षदेखि टिभी फिल्मी नामबाट प्रसारण हुँदै आएको च्यानलले आज अन्तर्राष्ट्रिय नारी दिवसको दिनदेखि नाम परिवर्तन गरेर ‘नारी टिभी’ राखेको छ ।

टेलिभिजनले जारी गरेको विज्ञप्तीमा भनिएको छ– ‘टिभी फिल्मीमार्फत हामीले १४ वर्ष नेपाली सिनेमा जगतको सेवा गर्यौँ । परिस्थिति फेरिँदै जाँदा करिब दुई वर्ष जति सिनेमाहरु नै चलेनन् । त्यसको प्रत्यक्ष असर हाम्रो च्यानललाई पर्यो ।’

‘अब हामी हाम्रो च्यानललाई नेपाली नारीहरुमा समर्पित गर्न चाहन्छौं, विज्ञप्तीमा भनिएको छ– ‘टिभी फिल्मी अब छिट्टै नारी टिभी बनेर आउने छ। आज नारी दिवसका दिनमा यो घोषणा गर्न पाउँदा मलाई हर्ष र गर्व लागेको छ । यस च्यानलका कर्मचारी, प्राविधिक, प्रस्तोताका रूपमा नारीहरुलाई नै प्राथमिकतामा राखिने छ । नारी टिभीमा प्रस्तुत हुने कार्यक्रम, विषय, मुद्दाहरु अधिकांश नारीहरु मै केन्द्रित रहने छन् । महिलाका मुद्दा, महिला सशक्तीकरण, साना तथा घरेलु महिला उध्यमीलाई सघाउने, महिला हिंसाका विरुद्ध खडा हुने, छोरीहरू लाई सबल सक्षम बनाउने र सबल सक्षम छोरीहरुका प्रेरणादायी कथाहरु देखाउने लगायतका कार्यक्रम यस च्यानलमा प्रशारण गरिने छन् । यी कार्यहरूमा पुरुषहरुले सघाउनु पर्नेछ, साथ र हात दिनु पर्नेछ । देशका आमा दिदिबहिनी छोरीहरुमा समर्पित एउटा सम्पुर्ण नारी च्यानलका रुपमा हामी चाडै नै नेपाली आकाशमा छाउने छौं। हामी चाडै आउनेछौं । अन्तर्राष्ट्रिय नारी दिवसको शुभकामना ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here