अहिले प्रमुख उद्देश्य माता मनकामनाको दिप प्रज्वलन अभियान सफल बनाउनु हो : संयाेजक रामकुमार खड्गी

169

नेपालको धर्म, संस्कृति जर्गेना गर्नका लागि स्थापना भएको ऊँ माता मनकामना जेनी ट्रस्टका संस्थापक संयोजक रामकुुमार खड्गीसित भलाकुसारी
१. हजुरलाई स्वागत छ हाम्रो स्वाभिमानी अनलाइन मिडियामा
धन्यवाद ! छ सम्पूर्ण भक्तजन तथा स्वाभिमानी अनलाइन परिवारजनमा
२. ऊँ माता मनकामना जेनी ट्रस्ट स्थापना गर्नुको मुख्य किन होला ?
बास्तवमा भन्नु पर्दा भन्नुपर्दा नेपालको हिन्दु धर्म जोगाउनु पर्छ र संस्कृति तथा परम्परा निरन्तरता कायम गर्नु पर्दछ भन्ने हेतुले निरन्तर रुपमा लागि परेका छौं । सम्पूर्ण मानवजगतको कल्याण तथा धर्मकर्म निरन्तरताका साथ माता मनकामनाको शक्तिशालि दियो पनि बालि रहेका छौं ।
३. आजभोली ऊँ शक्तिशाली माता मनकामना दिप प्रज्वलन अभियान कस्तो भइरहेको छ ?
माता मनकामनाको कृपादृष्टिले आपूmले सोचे अनुरुप पछिल्ला दिनहरुको तुलनामा अहिले राम्रो हुँदै छ । दिप नभिउन नहुने भएकाले अहोरात्र खटेर दिप प्रज्वलन कार्य निरन्तर जारी राखेका छौं ।
४. शक्तिशाली दिप प्रज्वलनको मुख्य उद्देश्य के हो ?
हामी नेपालीहरुको मात्र नभई विश्वभरका मानव जातिको सुख शान्ति समृद्धि तथा अमनचयन कायम गर्नका लागि तथा दैत्य कोरानाको शिघ्र अन्त्य होस् भनेर कामना गरेर दियो बाल्ने अभियान जेष्ठ २ गते २०७८ गते निरन्तर रुपमा जारी रहेका छौं । दियो माता मनकामनाको भक्त कामपा वडा नं. १५ निवासी माता जेनी श्रेष्ठलाई शरीरमा माता चढेर दर्शन दिएर आदेश दिएपछि उहाँले आफ्नो ज्यान जोखिम मोलेर निरन्तर रुपमा खटेर दियो बाल्ने कार्य जारी रहेका छौं ।


५. अहिलेसम्म दिप प्रज्वलन अभियानमा के कस्तो चुनौति सामना गर्नु परेको छ ?
मनको इच्छा पूरा गर्नु माता मनकामना माईको आदेश अनुसार यो शक्तिशाली दिप प्रज्वलन अभियान २४ घण्टा निरन्तर बाली रहेका छौं । दियो एक दमै ठूलो छ । दिप प्रज्वलन गर्नका लागि लागि तेल अध्याधिक चाहिने भएकाले धेरै खर्च हुन्छ । दियो बाल्ने अभियान शुरुवाती दिनहरुमा धेरै अप्ठ्यारा तथा चुनौतिहरुको सामना गर्नु परेको थियो । आर्थिक अभावले गर्दा खर्च धान्न समेत मुस्किल भएता पनि सम्पूर्ण श्रद्धालु भक्तजनहरुको भक्तिभावका कारण अलि सहज भयो । तै पनि अहिले दिप निभ्यो भने माता मनकामनाकी भक्त जेनी श्रेष्ठको ज्यान समेत जान सक्ने तथा देशमा ठूलो अनिष्टको सामना गर्नु पर्ने हुन्छ । कुनै स्वार्थले दियो बाल्ने अभियान सुरु गरेको भने पक्कै होइनौं नि ।

६. दिप प्रज्वलन गरेर पनि सुख, शान्ति प्राप्त हुन्छ र भन्नेहरुलाई के भन्न चाहानु हुन्छ ?
यो संसारको सृष्टिकर्ता केवल परमात्मा मात्रै हो जसको आदि अन्त्य पनि भगवान् स्वमय्ले नै गर्नु हुन्छ । तसर्थ दुई दिने मानव चोलामा हामीले सबैको भलाई तथा कल्याण गर्नका लागि भगवान्ले यस धर्ति पठाएको हो । अहिले संसारभर अध्यात्मिक ज्ञानकै अभावले गर्दा आपसी कलह, द्धन्दका कारण मानव समुदायको अस्तित्व नै समाप्त हुने खतरा उत्पन्न भएको छ । हाम्रो सनातन धर्ममा अध्यात्मिक दृष्टिकोणले ‘असोता

 

मा सद्गमय् मृत्यो अमृतम् गमय्’ भनि व्याख्या गरिएकाले दिपप्रज्वलनको बेग्लै महत्व रहेको पृष्टि गर्दछ । अज्ञान अन्धकार हटाउने कार्य पनि दिपप्रज्वलनबाट मात्रै सम्भव छ । कुनै व्यक्ति संसारबाट विदा भएमा दिपप्रज्वलन कार्यबाट मृत आत्माले चीर शान्त प्राप्त भई भुतप्रेत योनीबाट मुक्त भई स्वर्गलोक प्राप्त हुने धार्मिक मान्यता रहेको छ । यसका अलवा देवीदेवताहरुलाई पुजा गरेर खुशी पार्न समेत दिपप्रज्वलन कार्य अनिवार्य मानिन्छ । तसर्थ अध्यात्ममा दिप प्रज्वलनको बेग्लै महत्व रहेको छ ।

५. माता मनकामना दिप प्रज्वलन अभियान निरन्तरताका लागि स्थानीय सरकारले के—कति सहयोग प्राप्त भएको छ ?
अहिलेसम्म देशविदेशमा रहनु भएका सम्पूर्ण श्रद्धालु भक्तजनहरुको न्यानो माया, अगाढ भक्ति भावका कारण दिप प्रज्वलन अभियान निरन्तर जारी रहेको छ । काठमाडौं महानगरपालिकाका मेयर बोलन शाहको मेयर हुने भविष्यबाणी मनकामना माताकै कृपादृष्टिका मेयर हुन सफल भएको हो । स्थानीय वडा तथा जनप्रतिनिधिहरुले जति सक्दो सहयोग पाउनु पर्ने हो खासै सहयोग पाइरहेको छैन । तैपनि निकट भविष्यमा दिप प्रज्वलन अभियान सफल तुल्याउन जनप्रतिनिधिहरुले सहयोग हुने आशा लिएका छौं ।
६. तपाईंको जीवन उद्देश्य के हो ?
अहिलेको लागि मेरो जीवनको प्रमुख उद्देश्य नै माता मनकामनाको दिप प्रज्वलन अभियान सार्थक तुल्याउनु हो । सम्पूर्ण भक्तजनहरुको सेवा गर्नु हो । हामीले यो अभियान कुनै रहर चलाइएको अभियान होइन् । धेरै मिहिनतका साथ भोक प्यास, दिनरात नभनि अहोरात्र खतेर सम्पूर्ण नेपाली तथा विश्वशान्तिको कामना गरेर अभियान सफल बनाउन लागिरहेका छौं ।
८. कहिलेसम्म दिप प्रज्वलन अभियान सफल हुन्छ ?
वास्तवमा अहिलेसम्म हामी पूर्ण रुपमा सफल भएका छैनौं हामी । दिप प्रज्वलन गरेर मात्रै सफल हुँदैनौ पनि माता मनकामनाको आदेशपछि दर्जनौ बाजागाजाको तालमा गोरखा जिल्लामा विराजमान रहेको छ माता मनकामनाको ढोकादेखि केबुलकारसम्म पूर्ण रुपमा सजाएर इतिहासकै ठूलो पूजा गर्ने योजना बनाएका छौं जसमा करोडौं खर्च हुनेछ । खासै पूर्ण रुपमा सफल भएको छैन ।
९. अन्त्य केही भन्नुु छ ?
सर्वप्रथम हाम्रो यस दिप प्रज्वलन अभियानलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नु हुने माता मनकामनाका सम्पूर्ण श्रद्धालु भक्तजनहरुलाई हृदय देखि धन्यवाद दिन चाहान्छौ । हाम्रो अभियानलाई सशक्त ढंगमा अगाडि बढाउन सहयोग गर्नु हुने स्वाभिमान डटकम सम्पूर्ण परिवारजनलाई धन्यवाद दिन चाहान्छौं आगामी दिनहरुमा यस्तै सहयोग हुने आशा लिएका छौं । यस ऊँ माता मनकामना शक्तिशाली दियो अभियान देशविदेशमा रहेका नेपालीहरुको साथै सम्पूर्ण विश्व जगत लागि हो । यदि तपाईंहरु पनि यस दिप प्रज्वलनमा जोडिन चाहानु हुन्छ भने काठमाडौं जिल्ला १५ वडा चःमति शोभा भगवति मन्दिर पछाडि रहेको माता मनकामना आसनमा पालेर हजुरहरु पनि दिप प्रज्वलन अभियान प्रत्यक्ष रुपमा सहभागीता जनाएर दर्शन गर्न सक्नु हुनेछ । दिप प्रज्वलन हामी सबैको साझा अभियान भएकाले सम्पूर्ण भक्तजनले फोन नम्बर ९८४१५०६०६८, ९८६१९५६९५ सम्र्पक गरेर जोडिन सकिन्छ । धन्यवाद !

ऊँ माता मनकामना जेनी ट्रस्टका संस्थापक संयोजक रामकुमार खड्गीसित अन्तर्वार्ता रिदेन मर्हजन

 

 

 

 

 

 

 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here