काठमाडौं । धनुषाकाे क्षिरेश्वरनाथ नगरपालिका-५ सखुवा बजार बस्ने महेश शर्माको फर्निचरमा बुधबार राति आगलागी हुँदा फर्निचर पूर्णरुपमा जलेर करिब ६० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
सिन्धुली, दुधौली नगरपालिका-५ राजाबास बस्ने ३३ वर्षीय प्रकाश काफ्लेको घरमा गएराति आगलागी हुँदा घर र घरमा रहेको सुनचाँदीका गहना, नगद, लत्ताकपडा लगायतका सामान गरी करिब ४५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


















