जारी राष्ट्रपतिको निर्वाचनमा प्रधानमन्त्री प्रचण्डले गरे मतदान

68

काठमाडौं । नयाँ वानेश्वरस्थित संसद भवन परिसरमा जारी राष्ट्रपतिको निर्वाचनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भरखरै मतदान गरेका छन् ।

बिहान १० बजेदेखि प्रारम्भ भएको मतदान कार्यक्रममा प्रधानमन्त्रीले साढे ११ बजेतिर मतदान गरेका हुन् । राष्ट्रपति निर्वाचनमा नेपाली काँग्रेसका रामचन्द्र पौडेल तथा नेकपा एमालेका सुवास चन्द्र नेम्वाङबीच प्रतिस्पर्धा छ ।

मतदान आज दिउँसो ३ बजेसम्म सञ्चालन हुने छ । निर्वाचन आयोगले आजै साँझ सम्ममा मत परिणाम सार्वजनिक गर्ने जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here