इन्जिनमा आगो लागेपछि श्री एयरलाइन्सको विमान सुरक्षित अवतरण

49

काठमाडौंबाट भैरहवा उडेको श्री एयरलाइन्सको विमानको इन्जिनमा आगो लागेपछि काठमाडौं नै फर्काएर सुरक्षित अवतरण गराइएको छ । उडान नं. ८२१ को विमानको इन्जिनमा आगो देखिएपछि धादिङको थाक्रेबाट फर्किएको थियो । त्रिभुवन विमानस्थलबाट उडेको करिब २० मिनेटमा विमान फेरि काठमाडौं फर्काइएको थियो ।

उक्त विमान त्रिभुवन विमानस्थलमा केहीबेर अघि सुरक्षित अवतरण गरेको छ । उक्त विमानमा रहेका चालक दलका सदस्य र यात्रुहरू सबै सकुशल छन् ।

यद्यपि श्री एयरलाइन्सले भने इन्जिनमा आगो लागेको कुरा सत्य नभएको बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here