कोशी प्रदेशमा हड्ताल

95

काठमाडौं । पहिचानवादीहरूले आज कोशी प्रदेशमा हड्ताल गरेका छन् ।

प्रदेश नामाकरणको विषयलाई लिएर संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसहित विभिन्न पहिचानवादी दल र संघसंस्थाहरूले प्रदेशमा हड्ताल गरेका हुन् ।

बन्दकर्ताले पूर्वपश्चिम राजमार्गमा सवारीसाधन सञ्चालनमा रोक लगाएका छन् ।

चोकमा जम्मा भएर बन्द गराएपछि राजमार्गमा छिटफुटमात्रै सवारीसाधन देखिएका छन् । सार्वजनिक सवारीसाधन सञ्चालन हुन सकेका छैनन् ।

प्रदेश सभाले यही फागुन १७ गते बहुमतले प्रदेशको नाम कोशी पारित गरेको थियो ।

पहिचानवादीहरूले भने पहिचानलाई ख्याल नगरी दलहरूले  प्रदेशको नामाकरण गरेको भन्दै विरोध गर्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here