शेयर बजारमा सकारात्मक सर्किट

21

काठमाडौं । शेयर बजारको उत्साह निरन्तर कायमै रहेको छ। मंगलबार २३.९४ अंकले बढेको शेयर बजार परिसूचक नेप्से बुधबार १५.५४ अंकले बढेर २१३१.४९ विन्दुमा उक्लिएको छ।

आज कारोबार रकम पनि बढेको छ। एक करोड ४४ लाख १९ हजार ५२१ कित्ता शेयर पाँच अर्ब ६८ करोड ७६ लाख रुपैयाँमा किनबेच भएको छ। मंगलबार एक करोड ३२ लाख ४१ हजार २१७ कित्ता शेयर पाँच अर्ब २० करोड ६२ लाख रुपैयाँमा किनबेच भएको थियो।

बुधबार बैंक क्षेत्र सबैभन्दा धेरै ४.२३ प्रतिशतले बढेको छ। यस्तै, होटल तथा पर्यटन क्षेत्र १.९ प्रतिशत र विकास बैंक ०.३३ र म्युचुअल फन्ड ०.३६ प्रतिशतले बढेको छ। यीबाहेक बाँकी समूह घटेका छन्। फाइनान्स र माइक्रो फाइनान्स १ प्रतिशतभन्दा बढीले घटेका छन्।

८१ कम्पनीको शेयर मूल्य बढ्दा १६१ कम्पनीको शेयर घटेको छ। सबैभन्दा धेरै सामुदायिक लघुवित्त र बुद्धभूमि नेपाल हाइड्रोपावर १० प्रतिशतले बढेको छ। सबैभन्दा धेरै घट्ने कम्पनीमा भने मानुसी लघुवित्त र मध्यभोटेकोशी जलविद्युत् रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here