आयुर्वेद औषधि उद्योग स्थापनाको सिफारिस लिएर उद्योग संचालन नगर्नेलाई कारबाही गर्ने

37

काठमाडौं । औषधि व्यवस्था विभागले आयुर्वेद औषधि उद्योग स्थापनाको सिफारिस लिएर उद्योग संचालन नगर्नेलाई कारबाही गर्ने भएको छ।

विभागले एक सूचना जारी गर्दै  उद्योग स्थापना सिफारिस प्राप्त गरेका तर संचालनमा नरहेका उद्योगहरुले  उद्योग संचालन गर्न नसकेको यथेष्ट कारणसहित निवेदन दिन भनेको छ। अन्यथा त्यस्ता उद्योगलाई कानूनी कारबाही गर्ने विभागले जनाएको छ।

हालसम्म  १९६ औषधि उद्योगहरु दर्ता भएपनि  संचालनमा रहेका उद्योगको संख्या न्यून देखिएको विभागले जनाएको छ।

साथै विभागले आयुर्वेद औषधि उद्योगको प्रोफाइल तयार पार्ने भएको छ।  सका लागि विभागमा दर्ता भएका  आयुर्वेद औषधि उद्योगहरुले आफ्नो विवरण ३५ दिनभित्र  उपलब्ध गराउन विभागले आग्रह गरेको छ।

स्वदेशी/विदेशी उद्योगहरुले आ-आफ्ना उत्पादनहरु  ३५  दिन भित्रमा अनिवार्य रुपमा डिएएमएसमा प्रविष्ट गर्न पनि विभागले आग्रह गरेको छ।

सम्पूर्ण आयुर्वेद औषधि उद्योगहरुको लागि अत्यन्त जरुरी सूचना (२०७९/११/१८)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here