पत्रकार महासंघद्वारा हमालको रिहाइ गर्न माग, आज गण्डकी प्रदेशका सबै जिल्लामा ज्ञापन पत्र बुझाईने

169

काठमाडौं । पोखराका पत्रकार ओम हमाललाई रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशले आज गण्डकी प्रदेशका सबै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने तयारी गरेको छ । महासंघका गण्डकी प्रदेश महासचिव गणेश पौड्यालले एक विज्ञप्ति जारी गर्दै हमालको रिहाइका लागि सम्बन्धित संघसंस्थालाई जिल्ला प्रशासन कार्यालयको घेराबन्दी गर्न आग्रह गरेका छन् । उक्त विज्ञप्तिमा भनिएको छ – ‘पोखराका पत्रकार ओम हमाललाईसर्वोच्च अदालतको आदेशपछि, पुनःपक्राउ गरिएको घटना प्रति नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितको गम्भीर ध्यानाकर्षण भएको छ ।’

त्यस्तै महासंघले राज्यको यो गैर कानुनी हर्कतको महासंघ प्रदेश समिति घोर भत्सर्ना गर्दै पत्रकार हमालको स–सम्मान रिहाईको माग गरेको छ । साथै रिहाइका लागि दवाव दिन आज भदौ १८ गते यस प्रदेश अन्तर्गतका सबै जिल्ला शाखाहरुलाई जिल्ला प्रशासन कार्यलयमा पुगि प्रमुुख जिल्ला अधिकारी मार्फत् नेपाल सरकारलाई ज्ञापन पत्र बुझाउन आग्रहसमेत गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here