काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनाल र नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ।
खनाल निवास डल्लुमा आइतबार साँझ भेटवार्ता भएको हो। उत्त भेटमा नेकपाका नेता नेता खड्गबहादुर विश्वकर्मा ’प्रकान्ड’ पनि सहभागी थिए।
करिब दुई घन्टा भएको कुराकानीमा वर्तमान समयसामयिक राजनैतिक परिस्थितिको सन्दर्भमा विचार आदानप्रदान भएको बताइएको छ। साथै कम्युनिष्ट आन्दोलनमा दक्षिणपन्थी अवसरवाद हावी हुँदै गरेकोप्रति नेताहरुले चिन्ता व्यक्त गरेका छन्। उनीहरुबीच आगामी दिनमा सबै वामपन्थीहरुबीचको एकताको सम्भावनाको बारेमा पनि छलफल भएको पूर्वप्रधानमन्त्री झलनाथ खनालका स्वकिय सचिव कृष्ण भट्टराईले जानकारी दिए।


















