केही स्थानमा चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना

26

काठमाडौं  । आज दिउँसो देशका पहाडी भूभागका केही स्थानमा चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना छ । यसैगरी लुम्बिनी प्रदेशलगायत तराईका केही स्थानमा अपराह्नतिर मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज राति भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेका कारण दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here