विप्लवको बन्दमा ठाँउ-ठाँउमा बम फेला

209

 काठमाडौं /   कोहलपुर बसपार्कदेखि पश्चिममा कृषि बजारको नजिकै राजमार्गको बीच भागमा प्रेसरकुकर राखिएको इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी रमेशबहादुर सिंहले जानकारी दिए।

बाँकेका प्रहरी प्रमुख अरुण पौडेलले आतंकित पार्ने उद्देश्यले कसैले राखेको हुन सक्ने जनाए । बिहान पौने सात बजेतिर प्रहरीले बाँसको डण्डाको सहायताले फालेर बाटो खोलेको एसपी पौडेलले जानकारी दिए।

 शंकास्पद बस्तु बम भए नभएको छुट्याउन नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बोलाएको प्रहरीले जनाएको छ। बम कसले कुन उद्देश्यले राखेको हो भन्ने एकिन भइसकेको छैन। ८ औं राष्ट्रिय खेलकुद प्रतियोगिता बिथोल्न विप्लव नेतृत्वको नेकपाले राखेको हुनसक्ने आशंका प्रहरीले गरेको छ।

८ औं राष्ट्रिय खेलकुदको साँझ ५ :४५ मा नेपालगन्ज रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ। राखेप सदस्य सचिव केशवकुमार विष्टले बन्द हड्ताल नगर्न सम्बद्ध सबैसँग अपिल गरेका छन्।

बागलुङ बजारमा पनि शंकास्पद वस्तु फेला

बागलुङ बजारको बानपा २ शिवधारा चोकमा सकेट बम जस्तो देखिने बस्तु फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। अहिले उक्त स्थलमा नेपाली सेनाको बम डिस्पोजल टोली पुगेको छ। विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बिहीबार आह्वान गरेको नेपाल बन्दलाई लक्षित गरेर जनतामा भय सिर्जना गर्न शंकास्पद बस्तु राखेको आशंका गरिएको छ।

शंकास्पद वस्तु बम हो वा होइन भन्नेबारे चेकजाँच गरेपछि मात्र भन्न सकिने प्रहरी उपरीक्षक कृष्णहरी शर्माले बताए।

अर्घाखाँचीमा पनि शंकास्पद वस्तु

अर्घाखाँचीको सन्धिखर्क २ चुत्राबेसीमा संकास्पद वस्तु फेला परेको छ। चुत्राबेसिको नँयापार्कमा संकास्पद वस्तु फेला परेपछि प्रहरीले डिस्पोज गर्ने तयारी गरेको बताएको छ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज आह्वान गरेको नेपाल बन्दलाई लक्षित गरेर जनतामा भय सिर्जना गर्न शंकास्पद वस्तु राखेको आशंका गरिएको छ। आजको अन्न्पूर्णमा खबर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here