बाङ्लादेशमा कला संस्कृति उत्सव आयोजना

32

काठमाडाैं ।  नेपाल-बाङ्लादेशबीच दौत्य सम्बन्ध स्थापनाको ५०औं वर्षको अवसरमा कला संस्कृति उत्सव आयोजना गरिएको हो। बाङ्लादेशस्थित नेपाली राजदूतावास र नेपाल-बाङ्लादेश फ्रेन्डसिप सोसाइटीले आयोजना गरेको उत्सवमा दुवै देशका चित्रकार, संगीतकार, कलाकार र फोटोग्राफर सहभागी छन्।

नेपालबाट पनि २० सदस्यीय टोली उत्सवमा सहभागी भएको छ। चित्रकारहरू नगेन्द्रप्रसाद पौडेल, एससी सुमन, अनुराधा थापा, राम पुजन ठाकुर, उजय बज्राचार्य, फोटोपत्रकार विकास रौनियार लगायतको सहभागिता रहेको छ।

शिल्पकला एकेडमीको कलादिर्घामा सञ्चालन भइरहेको वृहत् चित्रकला फोटोग्राफिको प्रदर्शनीमा नेपाली चित्रकार २६, फोटोग्राफर ६, बाङ्लादेशका चित्रकार ३० र फोटोग्राफर २० जनाका कलाकाकृति राखिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here