तनाव व्यवस्थापन गर्ने तरिका

24

श्वासप्रश्वास सम्बन्धी अभ्यास : आफ्नो ढाडलाई सीधा राख्नुहोस् । आँखा बन्द गर्ने र गहिरो लामो श्वास लिने तथा छोड्ने गर्नुहोस् । यसो गर्दा आराम मिल्छ । शरीर र मन शान्त हुन्छ । तनाव कम भएर जान्छ । नियमित योग वा ध्यान गर्नाले पनि मन शान्त हुन्छ ।

संगीत सुन्ने : काम गर्दागर्दै पनि आफ्नो अनुकूलताअनुसार आफूलाई मन पर्ने गीत–संगीत सुन्न सकिन्छ । संगीतले मानसिक तनाव कम गर्छ ।

आराम गर्ने : आफ्नो दौडधुपपूर्ण दिनचर्याबाट केही समय छुट्टी लिनाले कामको तनाव कम भएर जान्छ । सधैँ एकैनास काम गर्दा काम गर्ने क्षमता र सिर्जनशीलता घट्छ । काम पनि राम्रो हुँदैन । छुट्टीको वेला प्राकृतिक दृश्यावलोकन गर्नका लागि घुमफिरमा निस्कन सक्नुहुन्छ ।

पानी प्रशस्त पिउने : काम गर्दा प्रशस्त पानी पिउनुपर्छ । शरीरमा पानीको मात्रा कम भयो भने पनि थकाइ लाग्ने, आलस्य हुने, तनाव बढ्ने हुन्छ ।

समस्याको समाधान खाेज्ने : काम गर्ने क्रममा समस्या पनि आउन सक्छन् । यसले तनाव दिन सक्छ । समस्याको बारेमा आफ्ना साथीभाइ, सहयोगी तथा सहकर्मीहरूसँग छलफल गर्ने, आफ्नो अवस्था र समस्याको बारेमा जानकारी गराउने र सहयोग लिने गर्नुपर्छ । समस्याको सिर्जनशील र रचनात्मक रूपमा समाधान खोज्नुपर्छ ।

मनोपरामर्श सेवा लिने : कामको तनाव झेल्न गाह्रो भएमा वा कामको तनावले दैनिक जीवनमा असर पर्न थालेमा वा अन्य मानसिक स्वास्थ्य समस्या देखा परेमा आवश्यकताअनुसार मनोविद्सँग परामर्श गर्न सक्नुहुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here