काठमाडौं । युएईविरुद्धको खेलमा सन्दीप लामिछाने महँगो साबित भएका छन् । १० ओभरमा ८० रन दिएर एक विकेट लिएका सन्दीपले अफगानिस्तानका राशिद खानको रेकर्ड तोड्न पनि यस खेलमा असफल भएका छन् ।
यद्यपी उनीसँग राशिदको रेकर्ड तोड्न अझै दुई खेल रहेको छ । लामिछानेले ४१ खेलमा ९९ विकेट लिदै राशिदको रेकर्ड तोड्ने क्रममा रहेका छन् ।
युएईविरुद्ध सन्दीपले लय गुमाउदा नेपालले ठुलो र चुनौतिपूर्ण लक्ष्य पाएको छ । युएईले नेपाललाई ३११ रनको लक्ष्य दिएको छ । सन्दीपको १०औं ओभरमा युएईले चार चौका प्रहार गर्दै २६ रन बनाएको थियो ।


















