काठमाडाैं । उपराष्ट्रपति नन्दबहादुर पुनले सरकारी निवास छाडी निजी निवासमा सरेका छन्। आफ्नो कार्यकाल पूरा गर्दै उनी उपराष्ट्रपति भवन हरितगृहबाट निजी निवासमा सरेका हुन्।
उनको निजी निवास चन्द्रागिरी नगरपालिका-१ दहचोकमा छ। उपराष्ट्रपतिकाे निर्वाचनअगाडि नै पुनले निवास छाडेका हुन्। भाेलि उपराष्ट्रपतिकाे निर्वाचन हुँदैछ। उपराष्ट्रपति निर्वाचनमा १० दलीय गठबन्धनबाट जनता समाजवादी पार्टीका रामसहाय प्रसाद यादव र नागरिक उन्मुक्ति पार्टीकी ममता झा उम्मेदवार रहेका छन्। यता नेकपा एमालेबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्य उम्मेदवार रहेकी छन्।
















