जनकपुरमा उनको उपचार सम्भव नभएपछि धरान रेफर गरिएको र धरानमा पनि अवस्था बिग्रिदै गएपछि विराटनगरस्थित नोबेल अस्पतालमा रेफर गरिएको थियो ।
विराटनगरमा उपचारकै क्रममा गएराति ओमको मृत्यु भएको परिवारजनले जनाएको छ । ओमको एक श्रीमती, दुई छोरी र एक छोरा छन् ।
ओमको मृत्यु भएपछि राकेश फरार छन् । १८ साउनमा झगडा भएको र १९ साउन मंगलबार ईलाका प्रहरी कार्यालय महेन्द्रनगरमा निवेदन दिए पनि प्रहरीले राकेशलाई पक्राउ नगरेको भन्दै पीडित परिवारजन आक्रोशित छन् भने मंगलबार आफन्तहरुले शव राखेर प्रदर्शनसमेत गरेका छन् ।
ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले ओमको मृत्युको सम्बन्धमा अनुसन्धानका लागि घटनासँग सम्बन्धित एक जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।
ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक तिलकबहादुर सुनारले घटना सम्बन्धमा निवेदन परेको र घाइतेको उपचारको क्रममा मृत्यु भएको खबर प्राप्त भए लगत्तै घटनासँग सम्बन्धित एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको बताए ।

















