देशलाई समृद्धिको विकासतर्फ अग्रसर बनाउने

40

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अहिलेको सत्ता गठबन्धन पाँच वर्ष नै टिक्ने दाबी गर्नुभएको छ। सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो दाबी गर्नुभएको हो। उहाँले अहिलेको गबठन्धन आगामी पाँच वर्ष नै टिकेर देश विकास गर्ने र देशलाई समृद्धिको विकासतर्फ अग्रसर बनाउने बताउनुभयो।

उहाँले वैशाखमा विश्वासको मत फेरि लिनुपर्ने होइन भन्ने प्रश्न उठिरहेको भन्दै त्यो प्रश्न गर्नु अस्वभविक नरहेको बताउनुभयो। उहाँले अहिलेको गठबन्धनको अवस्थालाई मध्यनजर गर्दा गठबन्धन पाँच वर्ष नै टिक्ने दाबी गर्नुभयो। उहाँले नेपालको राजनीति कसरी अघि बढ्छ भन्ने बारेमा आफू परिचित रहेको भन्दै राजनीतिक यात्राको बारेमा आफूलाई राम्रोसँग हेक्का रहेको जिकिर गर्नुभयो।

अध्यक्ष नेपालले भन्नुभयो, ‘‘यो गठबन्धन पाँच वर्ष नै टिक्छ, राज्यका सबै समस्याको समाधान गरेर अघि बढ्छ। यो गठबन्धन एकताबद्ध भएर अघि बढ्छ। यस कुरामा विश्वस्त हुन सबैलाई आह्वान गर्न चाहन्छु। संख्याले मात्रै हुँदैन, म आफैँ पनि त्यस्तो मान्छे हुँ २१ महिनासम्म २२ वटा पार्टीलाई साथमा लिएर कुनै पनि किसिमको समस्या बिना अन्तिम बिन्दुसम्म लैजाने काम गरेको छु। नेपालको राजनीतिक यात्रा कस्तो हुन्छ भन्ने हेक्का मलाई पनि छ। हाम्रो घटकसँगको सहकार्यलाई हेर्दा यो टिकाउ हुन्छ भन्ने विश्वास छ।’’

अध्यक्ष नेपालले आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने बताउनुभयो। अध्यक्ष नेपालले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंको विकल्प भएकाले तत्काल काम सुरु गर्न सरकारसँग आग्रह गर्नुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here