एकीकृत समाजवादीको सचिवालय बैठक सुरु

23

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय बैठक सुरू भएको छ। पार्टी कार्यालय आलोकनगरमा सचिवालय बैठक सुरू भएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

बैठकमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागिता, मन्त्रालय लगायतबारे छलफल हुने बताइएको छ।

एकीकृत समाजवादी पार्टीले सोमबार प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिएको थियो। प्रतिनिधिसभामा १० सिट रहेको एकीकृत समाजवादी पार्टीले सरकारमा तीन वटा मन्त्रालयमा दाबी गर्ने बताइरहेको छ। यद्यपि आजको बैठकले औपचारिक निर्णय गर्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here