श्रीमानद्वारा श्रीमतीको हत्या

57

 

स्याङ्जा । अर्जुनचौपारी गाउँपालिका ३ आग्रीखर्कका शिवालय आमा समूहले सामूहिक आलुखेती थालेको छ ।

गाउँमा लाहुरे आँउदा होस या विवाह, व्रतबन्ध हुँदा आमा समूहले आफ्नो सामुहिक सांस्कृतिक कार्यक्रम गरी आर्थिक सङ्कलन गरेर गाउँ समाजमा विभिन्न विकास निर्माण तथा समाजसेवाका काम गर्दै आएको आमा समूह सामूहिक आलुखेतीमा समेत जुटेको हो ।

२०५७ सालमा स्थापना भई गाउँमा विकास निर्माण र समाज परिवर्तनका लागी महत्वपूर्ण भूमिका खेल्दै आएको आमा समूह कृषि कर्ममा लागेको हो ।

गाउँपालिकाको अनुदानमा आलुको बीउ तथा रासायनिक मल प्राप्त भएपछि शिवालय आमा समूह अहिले पहिलो पटक सामूहिक कृषि कर्ममा जोडिएका हुन् । आलु प्रवर्द्धन कार्यक्रम अन्तर्गत पालिकाले पूर्ण अनुदानमा बाग्लुङ ताराखोला जातको बीउ दिएको र सोही आलु लगाइएको समूहले जनाएको छ ।

आमा समूहले १५ रोपनी जग्गा भाडामा लिएर सामूहिक रुपमा बर्खे आलु लगाएको हो । आमा समूहले अनुदानमा प्राप्त आठ सय केजी आलु लगाइएको समुहकी सचिव विपना काफ्लेले बताउनुभयो ।

समूहमा काम गर्दा एक आपसमा ज्ञान तथा सीप आदानप्रदान समेत भएको भन्दै यसपटक लगाइएको आलु राम्रो उत्पादन भएमा फेरि जग्गा विस्तार गरि आलु लगाउने सचिव काफ्ले बताउनुहुन्छ ।

समूहले पहिला यसरी कृषि कार्य नगरेको बताउदै समूहकी कोषाध्यक्ष रत्ना काफ्लेले पछिल्लो समय ग्रामीण भेगमा खेतारा नपाउने समस्या भइरहेका बेला समुहमा आबद्ध सबै एकै ठाउँमा भएर आलुखेती गर्दा निकै रमाइलो लागेको बताउनुभयो । त्यस्तै यहाँको वराहदेवि विक समूहले सामूहिक रुपमा आलु लगाएका छन् ।  अर्जुन काफ्ले गाेरखापत्र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here