काठमाडौं । मोक्ष्य आर्ट एकेडेमीको आयोजनामा यहि चैत १२ गते देखि नयाँ गायन (संगीत) कक्षा संचालन गरिने भएको छ ।
डेनि भट्ट र निकिता भट्टराई ले लामो समय कला क्षेत्रमै बितित गरिसकेपछि कलालाई अरुलाई पनि सिकाउने उद्वेश्यले दुबैजनाको सहकार्यमा बि.स. २०७७ सालबाट मोक्ष्य आर्ट एकेडेमी संचालनमा ल्याएका हुन् ।
मोक्ष आर्ट एकेडेमीका संचालक डेन्नी भट्ट भन्छन्, ‘कला भनेको एउटा मान्छेको पहिचान हो उसको चिनारी हो , उसको परिचय हो त्यसैले व्यक्तिभित्र लुकेर रहेको क्षमतालाई पहिचान गरेर, उभित्र लुकेर रहेको कलालाई कलाको बिभिन्न माध्यमबाट प्रस्तुत गरेर समाजलाई देखाउनु मोक्ष्य आर्ट एकेडेमीको प्रमुख उद्वेश्य हो’ ।
विभिन्न उमेर समुहका कलाकारहरुलाई लक्षित गरेर बेसिक,इन्टरमिडेट र एडभान्स कोर्षहरुको कक्षा सञ्चालन भइरहेको छ। हाल नृत्य, अभिनय, योगा, र सार्वजनिक भाषण कक्षाहरु संचालन भैरहेको छ ।
आगामी चैत १२ गते देखि नयाँ गायन (संगीत) प्रशिक्षण कक्षा हुने भएकाले समयमै सहभागीगता जनाउन प्रशिक्षक नगीन तामाङले जानकारी गराए ।
मोक्ष आर्ट एकेडेमीले लामो समय शास्त्रीय र आधुनिक गायनको क्षेत्रमा कार्य गरिसकेको र शास्त्रीय संगीतको लामो अनुभव बटुलिसकेको प्रशिक्षकबाट शास्त्रीय र आधुनिक गायनको कक्षा सञ्चालन भइरहेको छ ।


















