नेपालमा ३३.१ प्रतिशत व्यक्ति अविवाहित

26

काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले नेपालमा ३३.१ प्रतिशत व्यक्ति अविवाहित रहेको जनाएको छ।

कार्यालयले प्राप्त नतिजाअनुसार १० वर्ष वा सोभन्दा बढी उमेरका कुल जनसंख्याको ३३.१ प्रतिशत व्यक्ति अविवाहित रहेका छन् जसमा पुरुष ३८.२ प्रतिशत र महिला २८.४ प्रतिशत रहेको जनाएको छ।

त्यसैगरी १० वर्ष वा सोभन्दा बढी उमेरका व्यक्तिमध्ये ६१.८ प्रतिशत हाल विवाहित अवस्थामा रहेको तथ्यांक कार्यालयले शुक्रबार सार्वजनिक गरेको १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरणमा उल्लेख छ।

हाल विवाहित पुरुष र महिलाहरूको कुल जनसंख्याको क्रमशः ५९.१ र ६४.३ प्रतिशत रहेको कार्यालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here