नेपाली राष्ट्रिय महिला फुटबल टोलीले तीन स्थान सुधार गर्दै १०० औं स्थान कायम

62

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीको फिफा वरीयता सुधार भएको छ ।

विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले शुक्रबार सार्वजनिक गरेको नयाँ फिफा वरीयतामा खेल तीन स्थान सुधार गर्दै १०० औं स्थानमा रहेको छ ।

एशियाली राष्ट्रको वरीयतामा २० औं स्थानमा रहेको नेपाल दक्षिण एशियाली राष्ट्रहरु मध्यमा भने दोश्रो स्थानमा रहेको छ । नेपाल भन्दाअघि भारत रहेको छ । भारत फिफा वरियाताको ६१ औं स्थानमा रहेको छ ।

विश्व वरीयताको शिर्ष स्थानमा अमेरिका रहेको छ । वरियाताको दोश्रो स्थानमा जर्मनी, तेश्रोमा स्विडेन रहँदा इङ्गल्याण्ड चौंथो र फ्रान्स पाँचौं स्थानमा छ ।

वरियाताको छैठौं, सातौ, आठौं, नवौं र १० औं स्थानमा क्रमशः क्यानडा, स्पेन, नेदरल्याण्ड्स, ब्राजिल र अष्ट्रेलिया रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here