युरोकप छनोट खेलमा स्पेनले नर्वेलाई हरायाे

54

एजेन्सी । युरोकप छनोटअन्तर्गत गएरातिको खेलमा स्पेनले नर्वेलाई हराएकाे छ ।

स्पेनको जितमा अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेका जोसेलुले २ गोल गरे। नर्वेलाई ३-० गाेलले  हराउन स्पेनका लागि अर्को गोल भने ड्यानी ओल्मोले गरेका थिए ।

स्पेनको मालागाको ला रोसालेडा स्टेडियममा भएको खेलको १३ औं मिनेटमै आरबी लेइप्जिगका ओल्मोले स्पेनलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा १-० को अग्रता बनाएको स्पेनले खेलको उत्तरार्द्धमा थप दुई गोल गर्न सफल भयो। जोसेलुले २ मिनेटभित्र (८३ र ८५ मिनेट) २ गोल थपेका थिए।

म्यानचेस्टर सिटीका फरवार्ड इर्लिङ हल्याण्डको टोली नर्वेले एक गोल पनि थप्न सकेन। यद्यपि चोटमुक्त नभएका कारण हल्याण्ड भने मैदानबाहिर नै थिए। नर्वेविरुद्ध सब्सिच्युट खेलाडीका रूपमा मैदान पसेका ३२ वर्षीय जोसेलु इस्पानियोलबाट व्यवसायिक फुटबल खेल्छन्। उनी गत वर्ष मात्र स्पेनी क्लब अल्भेसबाट आएका हुन्।

आधा दर्जनभन्दा बढी फुटबल क्लबबाट व्यावसायिक खेल खेलिसकेका उनी स्पेनबाट सिनियर टीममा भने पहिलो पटक परेका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here