साफ यू-१७ महिला च्याम्पियनसिपमा नेपाल रसियासँग पराजित

69

काठमाडाैं । साफ यू-१७ महिला च्याम्पियनसिप २०२३ मा नेपाललाई रसियाले पराजित गरेको छ।

बंगलादेशमा भइरहेको प्रतियोगितामा नेपाललाई आइतबार रसियाले ३-० गोलले पराजित गरेको हो।

प्रतियोगितामा नेपालको यो दोस्रो हार हो। पहिलो खेलमा नेपाललाई भारतले ४-१ ले हराएको थियो।  दोस्रो खेलमा भने नेपालले भुटानलाई ५-० गोलले पराजित गरेको थियो।

प्रतियोगितामा आयोजक बंगलादेशसहित भुटान, नेपाल, भारत र आमन्त्रितको रूपमा रसिया सहभागी छन्।

नेपालले अन्तिम खेल मंगलबार बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ।  राउन्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष टिम च्याम्पियन हुनेछ। अहिलेसम्म रसिया तीनै खेलमा जित निकाल्दै शीर्ष स्थानमा छ। भारत र बंगलादेशले भने दुई दुई खेलमा जित हात पारेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here