काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेलाई सिंहसँग तुलना गरेका छन्। मंगलबार पाल्पामा मिसन ग्रासरुट अभियानलाई सम्बोधन गर्दै उनले एमाले चौतर्फी हमलाकाबीच एक्लै लडिरहेको दाबी गरे।
उनले भने, ‘सिंह एक्लै हिँडछ। स्यालहरु बथानमा हिँड्छन्। स्यालहरु एक्लै हिँड्यो भने असुरक्षित हुन्छन्। सिंह एक्लै लपक–लपक हिँडिराखेको छ, स्याललाई आफूले शिकार गर्छु भन्ने पत्यार हुँदैन। बरु शिकार भेटिन्छ कि भनेर हेरिराखेको हुन्छ।’
अध्यक्ष ओलीले गठबन्धनमा आवद्ध दलहरुलाई आठ–दश मुखे भएको टिप्पणी गरे। गठबन्धन हुँदासमेत धेरै ठाउँमा एमाले विजयी भएको भन्दै खुसी व्यक्त गरे।


















