पूर्वराजा ज्ञानेन्द्र शाह सहभागी हुने कार्यक्रमलाई अनुमति दिन आनाकानी

119

सुनसरी ।  सुनसरी जिल्ला प्रशासन कार्यालयले पूर्वराजा ज्ञानेन्द्र शाह सहभागी हुने कार्यक्रमलाई अनुमति दिन आनाकानी गरेको छ।

चैत २० गते इनरुवामा हुने सार्वजनिक कार्यक्रमका लागि स्वतन्त्र रुपमा अनुमति लिन पुगेका व्यक्तिहरुलाई प्रमुख जिल्ला अधिकारी हुमकाल पाण्डेले सुरुमा कार्यक्रम नै नगर्न निर्देशन दिए पनि पछि शान्तिपूर्ण रुपमा गर्ने सर्तमा अनुमति दिएको हो। पूर्वराजालाई सहभागी गराउने गरी दुर्गा बस्नेतसहित केही व्यक्तिहरु कार्यक्रमको अनुमतिका लागि प्रशासन पुगेका थिए।

कोशी प्रदेशको नामाकारणका लागि आन्दोलन चलिरहेको देखाउँदै माथिको आदेशमा कार्यक्रम नै नगर्न भनेका पाण्डेले आयोजकहरु कडा रुपमा प्रस्तुत भएपछि अनुमति दिएका थिए। बस्नेतले भनिन्, ‘माथिको आदेशबारे हामीले सोधिखोजी गरेपछि शान्तिपूर्ण रुपमा कार्यक्रम गर्न अनुमति पाएका छौँ।’ २० गते पूर्वराजा शाहलाई नागरिकका तर्फबाट अभिनन्दन गर्ने कार्यक्रम राखिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here