काठमाडाैं । नेपाल सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दुई दिन भित्रै मन्त्रीपरिषद्ले पूर्णता पाउने बताएकी छन्।
यसले १/२ दिन भित्रै यसले पूर्णता पाउने उनले बताइन्। मन्त्री शर्माले सरकारले जनतामा केही गर्छ भन्ने भाव जगाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सफल हुनु सरकारको सबैभन्दा ठूलो उपलब्धि भएको जिकिर गरिन्।
‘प्रधानमन्त्रीले भर्खरै विश्वासको मत लिनु भएको छ। सरकार विस्तार करिब अन्तिम अवस्थामा आएको छ’, उनले भनिन्, ‘१/२ दिनमै सरकारले पूर्णता पाउनेछ। यो सरकार गठन भएपछि जनतामा सकारात्मक आशा पलाएको छ। यो सरकारले केही गर्छ भन्ने कुराको भाव दिन यो नेतृत्व सफल भयो। त्यो सबैभन्दा ठूलो हो भन्ने मलाई लाग्छ।’
उनले संक्रमणकालीन न्याय निरुपणका लागि सरकारले सोसम्बन्धि विधेयक संसदमा ल्याएको र त्यसैलाई छिट्टै पारित गरी कार्यान्वयनमा लैजाने बताए।


















