राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक २०७९ माथि दफाबारे छलफल

181

काठमाडौं ।  राष्ट्रिय सभाको बिहिबारको बैठकमा राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक २०७९ माथि दफाबारे छलफल हुँदैछ। राष्ट्रिय सभाका सांसद्हरुले ल्याएको गैरसरकारकी विधेयक डा बेदुराम भुसालले छलफलका लागि पेस गर्न कार्यतालिका छ।

मर्यादाक्रम, राष्ट्रिय झन्डाको प्रयोग लगायतलाई लिएर पेश भएको विधेयकमा विवाद सिर्जना भएको छ। प्रधानन्यायाधीश राष्ट्रिय सभा अध्यक्ष र प्रतिनिधि सभाका सभामुख भन्दा तल्लो मर्यादाक्रममा झारिएको छ।

यसअघिको मर्यादाक्रमलाई उल्टाएर उक्त प्रावधान राखिएको भन्दै विरोध भइरहेको छ। राष्ट्रिय सभामा अन्य चार वटा प्रतिवेदन पेस हुने कार्यतालिका पनि रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here