एनआइसी एशिया लघुवित्तकाे साधारण सभा बैशाख १० गते हुने

47

काठमाडाैं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । संस्थाले पाँचौ साधारण सभा वैशाख १० गते होटल गजुर, गंगालाल मार्ग, भोटेपुल, धरान उप–महागनरपालिका वडा नं. ८ सुनसरीमा बिहान ९ बजे बस्नेगरी सभा डाकेको हो ।

सो सभाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई प्रस्ताव गरेको कायम चुक्तापुँजीको १४.७५ प्रतिशत नगद लाभांश (कर समेत) पारित गर्नेछ ।साथै उक्त सभामा संस्थाको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, सोही आर्थिक वर्षको अन्त्यसम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायका वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गर्नेछ ।

साथै चालु आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, संचालक समितिमा मनोनित प्रतिनिधि संचालकहरु सिए सन्तोष कुमार राठी र दिने भारीलाई बाँकी कार्यकालको लागि संचालक नियुक्त गर्ने सभाको एजेण्डा रहेको छ ।

साधारण सभा प्रयोजनार्थ लघुवित्तले वैशाख १ गतेदेखि वैशाख १० गतेसम्म बुकक्लोजको मिति तोकेको छ । तसर्थ चैत ३० गतेसम्म कायम सेयरधनीहरुले मात्रै सभामा उपस्थित हुन र प्रस्तावित लाभांश पाउनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here