बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

48

काठमाडाैं । बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी  प्रहरीले पक्राउ गरेकाे छ ।

घटना विवरण अनुसार  बैंकिङ कसुर मुद्दामा सम्मानित उच्च अदालत पाटन ललितपुरबाट  गत जेष्ठ १० गतेको फैसलाले रू.४,०८,०००।- (चार लाख आठ हजार) जरिवाना र ३ दिन कैद सजाय तोकी फरार रहेकाे थियाे ।

गोरखा जिल्लाकाे  भिमसेनथापा गा.पा.वडा नं.०७ स्थायी वतन भई काठमाडाैं सामाखुसी बस्ने वर्ष २७ को प्रकाश भट्टलाई विशेष अनुसन्धान टोलिले गत चैत्र १५ गते का.जि.रामशाहपथबाट पक्राउ गरी काठमाडाैं जिल्ला अदालतमा  उपस्थित गराई  साे विषयमा थप अनुसन्धान जारी राखेकाे छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here