रिक्त रहेको पदमा अन्सारीले गरिन् शपथग्रहण

33

काठमाडौं । प्रतिनिधि सभाकी समानुपातिक सांसद मञ्जु शर्मा (अन्सारी)ले आज शपथ ग्रहण गरेकी छन् ।

समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित शहनाज रहमानको निधन भएपछि रिक्त रहेको स्थानमा अन्सारी सांसद बनेकी हुन् ।

उनलाई सभामुख देवराज घिमिरेले सिंहदरबारस्थित कानुन समितिको हलमा शपथ ग्रहण गराएका छन् । २०७९ सालको प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत जसपाबाट बन्दसूचीको मुस्लिम क्लस्टरको क्रमसंख्या २ मा अन्सारीको नाम थियो । उनी सप्तरी निवासी हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here